Home Main Highlight News ‘कर्णाली तिर’ सार्वजानिक: जन्मथलो छाड्न बाध्य युवाको कथा
 

‘कर्णाली तिर’ सार्वजानिक: जन्मथलो छाड्न बाध्य युवाको कथा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायक अर्जुन सुनार तथा गायिका समाना घतानेको यूगल स्वरमा तयार भएको ‘कर्णाली तिर’ बोलको गीतको म्युजिक भिडियोमा वाध्यतावस गाउँ छाड्ने युवाहरुलाई कथालाई चित्रण गरिएको छ । आफ्नो जन्मथलो छाड्न बाध्य युवाको कथा समेटिएको एउटा सांगीतिक प्रस्तुतिले विस्तारै दर्शक तथा स्रोताको मन जित्न थालेको छ ।

रविन भुसालको शब्द तथा संगीतमा तयार भएको यो गीतमा रविन भुसाल र महेन्द्र बिकको पृष्ठभूमि स्वर रहेको छ भने पूर्ण सम्योगको संगीत संयोजन रहेको छ ।

रोजगारीको खोजीमा गाउँ, परिवार तथा जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतको म्युजिक भिडियोको हालै जुम्लाको सदरमुकाम खलंगामा प्रीमियरसमेत गरिएको थियो ।

समारोहमा जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सार्वजनिक भिडियोले कर्णाली क्षेत्रको सामाजिक–आर्थिक अवस्था र त्यसले निम्त्याएको पारिवारिक विछोडलाई जिवन्त रुपमा प्रस्तुत गरेको उल्लेख गरेका थिए ।

भिडियोमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन र अभावबीच संघर्षरत परिवारको कथा देख्न सकिन्छ । आर्थिक समस्याका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य एक युवकको कथालाई मुख्य विषय बनाइएको छ ।

भिडियोको मुख्य भूमिकामा रहेका अर्जुन सुनारले परिवारको आर्थिक अवस्था सुधार्ने चाहनामा श्रीमती र सानो सन्तानलाई छाडेर बाहिरिनुपर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । राज्य लक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

भिडियोमा श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक विछोड र प्रतीक्षाको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ । कर्णाली नदी आसपासका दृश्य, सुनसान परिवेश तथा रित्तिँदै गएका घर–आँगनमार्फत गाउँबाट हुने युवाको पलायनले परिवार र समाजमा पार्ने प्रभावलाई देखाउने प्रयास गरिएको छ । भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, पहिरन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ ।

भिडियोको निर्देशन आयुष शाहीले गरेका हुन् । कथा राजेश विश्वकर्माको छ भने छायांकन प्रकाश विश्वले गरेका छन् । दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन् ।

भिडियोले ग्रामीण नेपालको एउटा प्रतिनिधि कथा प्रस्तुत गर्ने संकेत दिएको भिडियोका सम्पादक मदन नेपालीले जानकारी दिएका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link