बिर्तामाेड । बहुप्रतिक्षित नेपाली चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएकाे चलचित्र ‘चमेलीको पोई’को प्रदर्शन मिति असाेज १६ (२ अक्टोबर २०२६) लाई तय गरिएकाे छ। यस अघि चैत्र १३ गतेलाई फिल्मको प्रदर्शन मिति सार्वजानिक गरिएको थियो तर केही प्राविधिक समस्याका कारण प्रदर्शन हुन भने सकेको थिएन ।
पोस्टरमा मुकुन भुसाललाई सुरक्षा पन्तले तान्दै गरेको देखिन्छ भने महिला संघर्ष, पीडा, सम्बन्ध र जीवनका उतारचढावलाई मुख्य विषय बनाइएको अनुमान गर्न सकिन्छ। चलचित्रका निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय रहेका छन् भने कार्यकारी निर्मातामा उदय विक्रम राणा, ऋतु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन्।
एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्ममा नारायण त्रिपाठी, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना शाही, रितु मल्लको अभिनय छ ।
ग्रामीण परिवेशमा आधारित देखिएको ‘चमेलीको पिर’ले दर्शकलाई भावनात्मक तथा सामाजिक सन्देश बोकेको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।दर्शकमाझ उत्सुकता बढाउने प्रयास गरेको छ। चलचित्रको कथा, कलाकार र अन्य प्राविधिक पक्षबारे विस्तृत जानकारी भने क्रमशः सार्वजनिक गरिने जनाइएको छ।



