Home Main Highlight News सार्वजनिक भयाे ‘पार्वती’को रत्याैली भाकाकाे गीत ‘नौतुना रेलैमा’
 

सार्वजनिक भयाे ‘पार्वती’को रत्याैली भाकाकाे गीत ‘नौतुना रेलैमा’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ को पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ। विवाहका अवसरमा महिलाहरूले खेल्ने रत्यौली भाकामा आधारित यस गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। गीतका शब्द हर्क साउदले लेखेका हुन् भने संगीत दीपक शर्माले दिएका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्।

सार्वजनिक गीतको भिडियोमा नीता ढुंगाना र अञ्जली अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ। अभिनेत्री दीपाश्री निरौला ‘लुठो’को भूमिकामा प्रस्तुत भएकी छन्। साथै सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठलगायतका कलाकारको पनि दृश्यमा सहभागिता रहेको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता ज्योतिष तथा अभिनेता हरिहर अधिकारी हुन्। कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको जिम्मेवारी शंकर पाण्डेले सम्हालेका छन्। फिल्मको कथा स्वयं निर्देशक नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्।

नीता फिल्म्सको प्रस्तुतिमा बनेको ‘पार्वती’ मा सुदीप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पार्श्व संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत समावेश छ। फिल्मले अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी एक युवतीको संघर्ष, आत्मविश्वास र जीवनयात्रालाई मुख्य विषयवस्तु बनाइएको निर्माण टिमले जनाएकाे छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link