Home Main Highlight News उपसना र सोनमको ‘जलाकी’ मंसिर ४ मा आउने
 

उपसना र सोनमको ‘जलाकी’ मंसिर ४ मा आउने

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ मंसिर ४ गते प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मका दुईवटा पोस्टर सार्वजनिक गर्दै मंसिर ४ गतेलाई प्रदर्शन मिति लक गरेको हो ।

सार्वजनिक दुईमध्ये एक पोस्टरमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देन रोमान्टिक मुड देखिएका छन् । अर्को पोस्टरमा उपासना सोनमको काँधमा ढल्किएको, केही निराश र भावुक मुद्रामा देखिएका छन् । यसले उनीहरूको सम्बन्धमा आउने आरोह–अवरोह प्रस्तुत गरेको छ ।
‘जलाकी’ले मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउँदछ । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा फिल्ममा प्रस्तुत गरिएको निर्देशक मगरले बताए ।

फिल्ममा साहारा हाङमा लिम्बू, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, रजनी गरुङ, उषा खड्की, खड्कबहादुर पुनलगायतका कलाकारहरूको अभिनय रहेको छ । ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन् ।

यसअघि ‘खुश्मा’ जस्तो हिट फिल्म दिएका निर्देशक मगरको यस फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link