Home Main Highlight News फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट डेब्यू गर्दै प्रभात लामा
 

फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट डेब्यू गर्दै प्रभात लामा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । कमेडियन प्रभात लामा अब फिल्मका हिरो बन्ने भएका छन् । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट उनले डेब्यू गर्न लागेका हुन् । ‘कमेडी नाइट विथ च्याम्पियन’बाट चर्चामा आएका प्रभात पछिल्लो समय निकै रुचाएका हाँस्य कलाकार हुन् ।

यसअघि यो फिल्ममा गायक पशुपति शर्मा र अञ्जु पन्तकी छोरी पारितोषिका अनुबन्धित भैसकेका छन् ।

रोचक संयोग के छ भने, यो फिल्म निर्देशक सापकोटासहित अहिलेसम्म अनुबन्धित भैसकेका सबै कलाकारको डेब्यू फिचर हुनेछ । साउनदेखि छायांकनमा जाने फिल्ममा टिभी सिरियलका कलाकार भटभटे पनि जोडिने चर्चा छ, यद्यपि यकिन भैसकेको छैन ।

नयाँ महिला कलाकार लिने तयारी निर्माताको छ । फिल्मलाई रघुनाथ सापकोटाले निर्माण गर्दैछन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link