बिर्तामाेड । नेपाली चलचित्र फिल्म ‘आशा’ बन्ने भएको छ । काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मसँगै १ माघलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिएकाे छ ।
उडान स्टुडियोको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्माण शर्मिला थापाले गर्नेछिन् । पटकथा र निर्देशन राजीव गुरुङको हुनेछ ।
फिल्ममा महेश त्रिपाठी र अन्जना बराइली मुख्य भूमिकामा देखिने भएका छन् साथै सशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, कविता रेग्मी, केपिना सिंह र विष्णु मोक्तानको पनि अभिनय हुनेछ ।
महेश र अञ्जनाले पछिल्लोपटक ‘परान’मा जोडीको रोल गरेका थिए । यो फिल्म सर्वकालिन धेरै कमाउने चौंथो नेपाली फिल्म समेत हो ।
जसले गर्दा, ‘आशा’ अझै प्रतीक्षित बन्ने सक्ने अनुमान छ । घोषणा कार्यक्रममा फिल्मको क्रू उपस्थित थियो । निर्माताका अनुसार छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

