Home ठूलो पर्दा चलचित्र ‘लाखे’का निर्देशक सम्राट बस्नेतले ‘दुर्गा’ बनाउने
 

चलचित्र ‘लाखे’का निर्देशक सम्राट बस्नेतले ‘दुर्गा’ बनाउने

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । द्वन्द्व निर्देशकको रूपमा परिचित सम्राट बस्नेत ४ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । पछिल्लो पटक सन् २०२२ मा ‘लाखे’ निर्देशन गरेका उनले तेस्रो फिल्मको रूपमा ‘दुर्गा’ बनाउन लागेका हुन् । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्मको छायांकन असोज पहिलो साताबाट हुने जनाइएको छ ।

फिल्मको थिम पोस्टरमा एक युवती दुर्गा मन्दिरको अगाडि एक्लै उभिएकी देखिन्छिन् । यसले हिन्दू धर्ममा शक्तिकी प्रमुख देवी मानिने दुर्गालाई विम्ब बनाएर फिल्मले एक असहाय युवतीको संघर्षको कथा भन्ने स्पष्ट संकेत दिन्छ । मन्दिरमा रातो रंगको प्रयोग र युवतीको पहिरन पनि रातो नै हुनुले फिल्ममा हत्या वा हिंसाका दृश्यहरू अत्याधिक हुने अनुमान लगाउन सकिन्छ ।

काठमाडौं, पोखरा र चितवन आसपासका क्षेत्रमा करिब ९० दिन छायांकन हुने फिल्ममा कलाकार र प्राविधिकको भने टुंगो लागेको छैन । निर्देशक बस्नेतका अनुसार मुख्यसहित केही सहायक कलाकारहरू अडियनबाट छनोट गरिनेछ । उनका अनुसार फिल्म पौराणिक कथामा आधारित हुनेछ । फिल्मको कथा निश्चल ढुंगानाले लेखेका हुन् ।

निर्देशक बस्नेत द्वन्द्व निर्देशनमा अनुभवी मानिन्छन् । उनले सन् २०१६ मा फिल्म ‘जंगे’बाट द्वन्द्व निर्देशकका रूपमा करिअर सुरु गरेका थिए । यस वर्ष प्रदर्शन भएको ‘लालीबजार’सम्म आइपुग्दा उनले २० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् । उनले फिल्म निर्देशनको सुरुवात भने सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘पासवर्ड’बाट गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link