Home समाचार गायिका शान्तिश्री र गायक दिपककाे स्वरमा ‘कास्की साराङकोट’ सार्वजनिक

गायिका शान्तिश्री र गायक दिपककाे स्वरमा ‘कास्की साराङकोट’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset
बिर्तामाेड । नेपाली लोकसंगीतप्रेमीका लागि नयाँ कोशेली ‘कास्की साराङकोट’ सार्वजनिक गरिएको छ। गायिका शान्तिश्री परियार र गायक दिपक रासाइलीको सुमधुर स्वरमा सजिएको गीतले कास्कीको प्राकृतिक सौन्दर्य, प्रेम र मौलिक संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

गीतमा मुनालशिशिर कोइरालाको शब्द तथा संगीत रहेको छ। भिडियोमा सुधिर श्रेष्ठ, प्रीतिका शर्मा, गौरव हमाल र तुलसी खड्कालगायतको अभिनय रहेकाे छ।

यो गीत बिकल्पा क्रिएशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएलगत्तै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुली रहेकाे छ भने उत्कृष्ट शब्द, मिठो संगीत र आकर्षक भिडियोका कारण लोकसंगीतप्रेमीको प्लेलिस्टमा स्थान बनाउने विश्वास गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link