Home Main Highlight News निर्देशक सुब्रत आचार्यले गरे ‘पच्चीस पच्चीस’काे घोषणा, डेब्यू गर्दै अमित (भक्ते भाइ)
   

निर्देशक सुब्रत आचार्यले गरे ‘पच्चीस पच्चीस’काे घोषणा, डेब्यू गर्दै अमित (भक्ते भाइ)

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’का निर्देशक सुब्रत आचार्य ८ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । उनले तेस्रो फिल्मको रूपमा ‘पच्चीस पच्चीस’ बनाउन लागेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको औपचारिक घोषणा गरियो । कार्यक्रममा फिल्मका मुख्य कलाकारहरूलाई पनि चिनाइएको थियो ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरीको मुख्य भूमिका रहनेछ । यो फिल्मबाट चर्चित कमेडियन अमित सुब्बा (भक्ते भाइ)ले डेब्यू गर्ने भएका छन् । उनी दार्जिलिङ निवासी हुन् । फिल्मको घोषणा कार्यक्रममा उनी ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’को टिमसहित उपस्थित भएका थिए ।

कर्ण कार्कीको लगानीमा बन्ने फिल्मको सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् । दीपेन्द्र गौतम (माइकल) कार्यकारी निर्मातामा छन् । लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनिषा राउत रहेका छन् । फिल्मको कथा सुब्रत आचार्य र जया हो भने पटकथा सुशील देवकोटाले लेखेका छन् । फिल्मको छायांकन हरि हुमागाईं गर्नेछन् ।

कार्यक्रममा बोल्दै निर्देशक आचार्यले यो फिल्म नेपाली माटो सुहाउँदो हुने बताए । उनले फिल्मको शीर्षकबारे प्रस्ट्याउँदै भने, ‘हामी प्रायः १ सयलाई ५०–५० र ५० लाई २५–२५ भन्छौं । हाम्रो लागि सय प्रतिशत भनेकै ५० हो, र ‘पच्चीस पच्चीस’ त्यसैको एउटा टुक्रा हो । हामीले कथाअनुसार नै यो शीर्षक रोजेका हौं । टिजर र ट्रेलर आएपछि नामको अर्थ अझ स्पष्ट हुनेछ ।’

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link