Home Main Highlight News द फेस अफ ब्युटिसियन २०२६ काे पहिलाे अडिसन सम्पन्न

द फेस अफ ब्युटिसियन २०२६ काे पहिलाे अडिसन सम्पन्न

by Parda Sansar
A+A-
Reset
इटहरी । कोशी प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको ‘द फेस अफ ब्युटिसियन २०२६’ को पहिलो अडिसन इटहरीको आइतबारेस्थित आरोमा बाई ओसियन रेस्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ। अडिसनमा इटहरी, विराटनगर, इनरुवा, दुहबी र उदयपुर लगायतका स्थानबाट आएका ३० जना महिला सौन्दर्य उद्यमीहरूले सहभागिता जनाएका थिए।
सौन्दर्य व्यवसायमा आबद्ध महिलाहरूको सीप तथा प्रतिभा निखार्ने उद्देश्यका साथ आयाेजित प्रतियाेगिता अडिसनमा ग्ल्यामरस नेपालका सञ्चालक तथा मोडल आशीम ज्वयल श्रेष्ठ, वरिष्ठ सौन्दर्य व्यवसायी बिजु श्रेष्ठ र जेसिस नेपालका पूर्व उपाध्यक्ष सुमित्रा भट्टराई निर्णायककाे रुपमा रहेका थिए । उमेर, वैवाहिक अवस्था वा अन्य कुनै हदबन्दी बिना सबै महिलालाई सहभागिताको अवसर दिइएको आयोजकले जनाएको छ।

कुजु मोटर्सको आयोजना तथा सुजुकी मोटरसाइकल इटहरीको प्रस्तुतिमा भइरहेको प्रतियोगिताको विजेताले रु. १ लाखभन्दा बढी मूल्यको पुरस्कार, ताज, ट्रफी, प्रोफेसनल फोटोसुट र ब्रान्ड सहकार्यको अवसर प्राप्त गर्नेछन्। सहभागीहरूलाई विभिन्न ब्युटी मास्टरक्लास, बिजनेस ग्रोथ तालिम, ग्रुमिङ र मेन्टरसिप पनि प्रदान गरिनेछ। पहिलो अडिसनपछि दोस्रो अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ। आयोजकले चाँडै नै इटहरीमा दोस्रो अडिसन आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link