Home Main Highlight News मास्टर्नीकाे ट्रेलरमा शक्तिकाे अगाडि नझुकेकाे सत्य
 

मास्टर्नीकाे ट्रेलरमा शक्तिकाे अगाडि नझुकेकाे सत्य

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । चलचित्र ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको ट्रेलरमा छोरीको सुरक्षाका लागि एउटी आमा कुन हदसम्म जान सक्छिन् भन्ने विषयको झलक देख्न सकिन्छ ।

ट्रेलरको सुरुवात समलिंगी युवतीले प्रियंकाकी छोरीको रुपमा देखिएकी सिम्रन खड्कालाई ह्यारेसमेन्ट गरेको देखिन्छ । यहाँ समलिंगी युवतीको भूमिका रक्षा थापाले निर्वाह गरेकी छन् ।

शक्तिशाली नेता रहेका आफ्ना पिताको नाम लिँदै रक्षाले धम्की दिइरहेकी देखिन्छ । नेताको भूमिकामा प्रमोद अग्रहरी प्रस्तुत भएका छन् । केही दृश्यबाट नेताकी छोरी बेपत्ता भएको थाहा हुन्छ । यही पेरिफेरिका घटनाहरु ट्रेलरमा रहेका छन् । र ट्रेलरमा शक्तिकाे अगाडि नझुकेकाे सत्यलाई प्रस्तुत गरिएकाे छ ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको यो पहिलो प्रोजेक्ट हो । सुवेन्दु घोषको निर्देशन रहेको यस फिल्ममा ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्लेलगायत कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा अभिनेत्री प्रियंका आफैँले लेखेकी हुन् भने पटकथामा शान बस्नेतले काम गरेका छन् । संवाद लेखनमा भने प्रियंका र शान दुवैको सहकार्य रहेको छ । प्रियंका, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको यस प्रोजेक्टमा सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन् । युवराज इन्दोरियाले खिचेको यो चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका हुन् । यो चलचित्रलाई नेपालभर आरआर फिल्मसले वितरण गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link