बिर्तामाेड । नेपाली नारीहरूको प्रमुख पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीज आयो राजै’ सार्वजनिक भएको छ। तीजको सांस्कृतिक माहोल र उत्सवलाई समेटिएको गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र रञ्जिता विश्वकर्माको स्वर रहेको छ।
गीतमा भरत शाही र सुरेश रानाको शब्द रहेको छ भने संगीत पनि सुरेश रानाले नै दिएका छन्। गीतको भिडियोमा सञ्जना गुरुङ र पार्वती श्रेष्ठले अभिनय गरेका छन्।
तीजको मौलिक भाव, उमंग र रमाइलोलाई प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको गीतको भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ। नयाँ पुस्तादेखि तीज गीतका पारखी दर्शकसम्मलाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।
‘तीज आयो राजै’ गीत भरत शाहीको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ। तीज नजिकिँदै गर्दा सार्वजनिक भएको यस गीतले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउने हो, त्यो भने आगामी दिनमा देखिनेछ।


