Home Main Highlight News ‘गौँथली’काे रफ्तारले ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड खतरामा
   

‘गौँथली’काे रफ्तारले ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड खतरामा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’को रफ्तार अझै कायमै रहेकाे छ । प्रदर्शनको चौथो सातामा आइपुग्दा पनि फिल्मले सार्वजनिक विदा र ‘हाफ टिकट डे’मा १ करोडमाथि कमाइ गरिरहेको छ ।

फिल्मले आइतबारसम्म बक्स अफिसमा कैयौँ ब्लकबस्टर नेपाली फिल्मको रेकर्ड तोडिसकेको छ । त्यसमा ‘छक्का पञ्जा’का पाँचवटै श्रृंखलादेखि ‘जारी’ र ‘परान’सम्म छन् । अब व्यापारमा ‘गौँथली’को अगाडि जम्मा तीन फिल्म छन्, ‘पूर्ण बहादुरको सारङ्गी’ (२०८१), ‘कबड्डी ४’  (२०७९) र ‘१२ गाउँ’ (२०८१) । यीमध्ये ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड भने अब खतरामा परेका छन् ।

‘गौँथली’ले आइतबार दिउँसो साढे १२ बजेसम्म १९ करोड ४५ लाखमाथि कमाइ गरिसकेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । फिल्मको यो कमाइ ‘१२ गाउँ’को १९ करोड ९२ लाखभन्दा ४७ लाखले मात्र कम हो । फिल्मले आइतबार साँझसम्म ‘१२ गाउँ’को यो रेकर्डलाई पनि उछिन्ने निश्चित छ । यसपछि ‘गौँथली’ सर्वाधिक कमाउने तेस्रो नेपाली फिल्म बन्नेछ ।

फिल्मको व्यापारिक रफ्तार हेर्दा ‘कबड्डी ४’को रेकर्ड पनि यही साता तोडिने देखिन्छ । यो फिल्मले २१ करोड ४० लाख रुपैयाँ कमाइ गर्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो स्थान हासिल गरेको छ । अब प्रश्न उठ्छ— के ‘गौँथली’ले कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड पनि तोड्ला ? यो रेकर्ड तोड्न ‘गौँथली’ले अझै २७ करोडभन्दा बढी कमाउनुपर्ने हुन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link