Home Main Highlight News महिलाको पीडा समेटिएको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक
   

महिलाको पीडा समेटिएको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । गायिका शान्तीश्री परियारको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक गरिएको छ । वसन्त थापाको शब्द र संगीत रहेको गीतमा नेपाली समाजमा महिलाहरूले भोग्नुपर्ने विविध सामाजिक समस्या, विभेद र पीडालाई समेटिएको छ ।

गीतको माध्यमबाट एक महिलाले आफ्नो जीवनका सङ्घर्षहरू व्यक्त गर्दै अर्को जुनीमा ‘छोरी’ भएर होइन, ‘छोरा’ भएर जन्मिने चाहना राखेकी छन् । हाम्रो समाजको पितृसत्तात्मक संरचना र त्यसभित्र गुम्सिएका महिलाका आवाजहरूलाई प्रतिनिधित्व गर्दछ ।

गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र गीतकार थापाको अभिनय छ । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा समाजको यथार्थ परिवेशलाई आकर्षक ढंगले चित्रण गरिएको छ।

शिव राज पौडेलको निर्माण रहेको गीत पशुपति म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=Ycz-wDOy8ow

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link