Home Main Highlight News ‘द राइज अफ साम्राज्य’मा विजय बरालको प्रवेश
 

‘द राइज अफ साम्राज्य’मा विजय बरालको प्रवेश

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालकाे प्रवेश भएकाे छ । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनसँगै विजय बरालको प्रवेश भएसँगै याे चलचित्र कस्ताे बन्ला भन्ने दर्शकमा आकर्षण थपिएकाे छ ।

डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरिँदैछ। उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेको चलचित्र नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन फिल्म हुने निर्माण पक्षको दाबी छ ।

चलचित्रको छायांकन आगामी साताबाट सुरु हुने जनाइएको छ । ७० दिनको छायांकन तालिकामध्ये अधिकांश दृश्य पूर्वी नेपालमा खिचिनेछन् ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) सह–निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशक रहनेछन् । ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरकका रूपमा जोडिएका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link