Home Main Highlight News ‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कञ्ची’ सार्वजनिक
   

‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कञ्ची’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ । गीतमा रवि ओड र गंगा सोनामको स्वर तथा बाबुल गिरीको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा बिहेको माहोललाई प्रस्तुत गरिएको छ । आकर्षक विवाह सेटमा छायांकन गरिएको भिडियोमा मलिका महत र पल शाहबीच बिहेको कुरा चलिरहेको देखाइएको छ । यस्तै, आकाश श्रेष्ठको लुक्स र गतिविधिले कथालाई केही रहस्यमयी बनाएको संकेत गर्छ ।

आर्या इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको चलचित्रमा स्वर्गीय प्रदीप रावत, विपना थापा, पल शाह, आकाश श्रेष्ठ, साईग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, रिस्ता गुरुङ, नरेन खड्का र गजित बिष्ट लगायतका कलाकारको अभिनय छ ।

‘आ बाट आमा २’ असोज ३० गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link