Home Main Highlight News गायिका प्रीति आलेको स्वरमा ‘मनमा पिर भएनी नाचिन्छ’ गीत सार्वजनिक
   

गायिका प्रीति आलेको स्वरमा ‘मनमा पिर भएनी नाचिन्छ’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड। चर्चित गायिका प्रीति आलेको स्वर रहेको नयाँ मौलिक लोक/डान्सिङ गीत ‘मनमा पिर भएनी नाचिन्छ’ सार्वजनिक भएको छ । कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतले जीवनमा जस्तोसुकै दुःख, पीडा वा पिर–मर्का आइपरे पनि सबै भुलेर हाँस्दै नाच्नुपर्छ भन्ने सकारात्मक सन्देश दिन्छ ।

उत्कृष्ट शब्दहरू रहेको गीतमा गायिका आलेले आफ्नो मौलिक र ठेट शैलीमा स्वर भरेकी छन् । गीतमा रमेश सेन्चुरीको संगीत संयोजन छ ।

गीतको भिडियोमा स्वयं गायिका प्रीति आले मुख्य भूमिकामा देखिएकी छन् । विभिन्न मौलिक नेपाली पहिरनमा सजिएर कलाकारहरूसँगै उनले गरेको  नृत्य र अभिनयले गीतलाई निकै आकर्षक र भव्य बनाएको छ । गीतमा नौमती बाजा, मादल र परम्परागत नेपाली संस्कृतिको सुन्दर सम्मिश्रण देख्न सकिन्छ ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् भने करण चैसिरको छायाङ्कन रहेको गीतलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गुरुआमा फिल्मसको पोस्ट प्रोडक्सन रहेको भिडियो सर्जक कस्तुप पन्तकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=B_8spkc1ks8

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link