काठमाडौँ । असाेज ३० बाट रिलिज हुने तयारीमा रहेकाे चलचित्र ‘आ बाट आमा २’ को दसैँसम्बन्धी गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक गरिएको छ ।
गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्य लगायतको सामुहिक नृत्य देख्न सकिन्छ । साथै लाहुरेको भूमिकामा सविन श्रेष्ठ पनि देखिएका छन् । यस गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।
गीतमा शब्द रचना, संगीत बाबुल गिरीको रहेको छ भने स्वर बाबुल र रचना रिमालले दिएका छन् । चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रमा स्व. प्रदीप रावत, विपना थापा, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतलाई समेत देख्न सकिनेछ ।
फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवादमा रोशन भट्टले साथ दिएका छन् । नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ । फिल्मलाई आरआर फिल्मसले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।


