33
काठमाडौं । चलचित्र ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्ममा मुख्य भूमिकामा देखिँदैछिन् । गीतमा रेखासँग महेश त्रिपाठी र पूजा शर्मासँग पुष्प खड्का रोमान्टिक देखिएका छन् । पारिवारिक कथावस्तुमा आधारित फिल्ममा निरुता सिंहलाई पनि देख्न पाइनेछ ।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ । सबिर श्रेष्ठले निर्देशन गरेको फिल्मले रेखा भर्सेस पूजालाई कसरी पर्दामा प्रस्तुत गर्छ भन्ने दर्शकमा चासो छ । ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


