46
काठमाडौं । भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसरमा सार्वजनिक गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर, युग भुसालको शब्द तथा संगीत छ ।
विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनमोल केसी र प्रिन्सी खतिवडा रोमान्टिक अवतारमा प्रस्तुत छन् । नेपाली समाजको ३०–४० को दशकको प्रेमकथामा आधारित फिल्ममा भुवन केसी र गरिमा पन्तसँगै न्यान्सी खड्का, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ । फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।


