Home Main Highlight News फागुन १ गते सौगात र केदारको ‘जहाजैमा’ को प्रदर्शन मिति घोषणा
 

फागुन १ गते सौगात र केदारको ‘जहाजैमा’ को प्रदर्शन मिति घोषणा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण भएको सिनेमा ‘जहाजैमा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसको निर्माणपक्षले छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमाको निर्माण कम्पनी युएनए प्रोडक्सनले आरआर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट सिनेमा रिलिज हुने जानकारी दिएको छ । सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । यो सिनेमामा अभिमन्यू निरवीको लेखन तथा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।

यो सिनेमामा केदार घिमिरे, सौगात मल्ल, जापानीज अभिनेत्री रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि सिनेमामा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ । भदौबाट यो सिनेमाको छायांकन जापानमा सुरु हुनेछ । हाल सिनेमाको प्रि-प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ ।

उज्वल गुरागाईको लगानीमा निर्माण हुन लागेको सिनेमालाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो । सिनेमालाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ । सिनेमालाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link