Home Main Highlight News ‘बलिदानले बलिउडलाई टक्कर दिने’
 

‘बलिदानले बलिउडलाई टक्कर दिने’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । एक्सन स्टार समीर भट्ट अभिनित बहुप्रतिक्षित चलचित्र ‘बलिदान’को अन्तिम चरणको प्राविधिक काम मुम्बइमा भइरहेको छ ।

चलचित्रका निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेन यही सिलसिलामा मुम्बईमा छन् । उनले फेसबुकमा बलिउडका एडिटर सञ्जय साक्लाको प्रतिक्रिया पोस्ट गरेका छन् । साक्लाले ‘बलिदान’ बलिउडलाई टक्कर दिने किसिमको बनेको प्रतिक्रिया दिएका छन् । यसको ट्रेलर चाँडै ल्याउने बताइएको छ । दशैँमा ‘यो ज्यान बलिदान’ भन्ने नारा अहिले लोकप्रिय बन्दै गएको छ ।

केही दिन अगाडि कलाकारको क्यारेक्टर लुक्स पोस्टर पनि सार्वजनिक भएको थियो । अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको लुक्स अहिले चर्चामा छ । यो चर्चा सेलाउन नपाउँदै बलिउडलाई टक्कर दिने कुरा स्वयम् बलिउडका एडिटरले बताएपछि हामी अनुमान लाउन सक्छौँ, बलिदानमा कुन किसिमको मेहनत भइरहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link