Home Main Highlight News स्पेनमा सार्वजनिक गरे प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’को पोस्टर
   

स्पेनमा सार्वजनिक गरे प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’को पोस्टर

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे ।

स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो । यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन गरि अनुभव हासिल गरेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा उक्त फिल्मको अवधारणा बनाएका हुन् ।

‘युरोप फर्किने तयारी गर्दा उडान रोकिएपछिको समयलाई सिर्जनात्मक काममा लगाएको हुँ’ निर्देशक तिवारीले भने । प्रसुन फिल्म्सद्वारा निर्मित यो फिल्ममा तिवारीसहित सबिन बाँस्तोला ‘गिरधारी’, सुनिल बाँस्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय गरेका छन् ।

छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सन कार्य पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतम राज खड्काले गरिरहेका छन् । यो फिल्म प्रसुन फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ ।

निर्माण टिमका अनुसार आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिइनेछ भने सोही टिमले निर्माण गरेको ‘कपुरी क’ फिल्मसमेत केही समयमा युट्युबमार्फत प्रदर्शन गरिने जानकारी गराइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link