21
Share via:
0
Shares
बिर्तामाेड । चर्चित गायक तथा संगीतकार आशिषअविरल र गायिका मेलिना राईकाे गीत “कुरो बुझेसी” सार्वजनिक भएको छ। गीत पल शाहको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ सार्वजनिक गरिएको छ।
गीतमा सुन्दर हमालको शब्द रहेको छ भने संगीत स्वयं आशिष अविरलले तयार गरेका हुन्। प्रेम र भावनात्मक सम्बन्धलाई समेटिएको छ । गीतमा आधुनिक संगीतको आकर्षक संयोजन सुन्न सकिन्छ। निर्माता अमित कुमार चन्द रहेको यस गीतको भिडियो निर्देशन चर्चित निर्देशक शान थापाले गरेका छन्।
यस गीतमा लोकप्रिय अभिनेता पल शाह र मोडल अष्मिता जुरेलीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। सार्वजनिक भएलगत्तै गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेकाे छ।



