Home Main Highlight News रहिनन् ‘आजकल तेरे मेरे प्यार के चर्चा’ गायिका सुमन कल्याणपुर
 

रहिनन् ‘आजकल तेरे मेरे प्यार के चर्चा’ गायिका सुमन कल्याणपुर

by Parda Sansar
A+A-
Reset

भारतीय फिल्म संगीतकी चर्चित गायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन भएको छ। सन् १९६० र १९७० को दशकमा आफ्नो मधुर स्वरमार्फत थुप्रै लोकप्रिय गीत गाएकी कल्याणपुरको आइतबार साँझ मुम्बईस्थित निवासमा निधन भएको हो।

‘ना ना करते प्यार तुम्हीं से’, ‘तुमने पुकारा और हम चले आए’, ‘आजकल तेरे मेरे प्यार के चर्चा’ जस्ता सदाबहार गीतबाट परिचित कल्याणपुरको वृद्धावस्थासम्बन्धी स्वास्थ्य समस्याका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार गायिका कल्याणपुरको आइतबार साँझ करिब ८ बजे लोखण्डवालास्थित निवासमा निधन भएको हो।

दशकौं लामो सांगीतिक यात्रामा कल्याणपुरले भारतीय संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी थिइन्। चर्चित गायिकाहरूको प्रभाव रहेको समयमा पनि उनले आफ्नो मधुर र भावपूर्ण स्वरका कारण श्रोतामाझ विशेष स्थान बनाउन सफल भएकी थिइन्।

हिन्दी गीतसंगीतका अतिरिक्त उनले मराठी, बंगाली, कन्नड लगायतका भाषामा समेत गीत रेकर्ड गरेकी थिइन्। पार्श्व गायनसँगै भजन, गजल तथा ठुमरी गायनमा समेत उनको उल्लेखनीय योगदान रहेको मानिन्छ। उनका एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार उनको सोमबार मुम्बईस्थित पवन हन्स शवदाह गृहमा अन्त्येष्टि गरिनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link