Home Main Highlight News बलिउड अभिनेता आमिर खान विवाह बन्धनमा बाँधिदै
 

बलिउड अभिनेता आमिर खान विवाह बन्धनमा बाँधिदै

by Parda Sansar
A+A-
Reset

मुम्बई । बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग छिट्टै विवाह गर्ने भएका छन्। अभिनेता स्वयंले जुलाई ५, २०२६ मा विवाह हुन लागेको बताएका हुन्। दुई वर्षभन्दा बढी समयदेखि सम्बन्धमा रहेका उनीहरूले अब वैवाहिक जीवन सुरू गर्न लागेका हुन्।

भेराइटी इण्डियासँगको कुराकानीमा आमिरले भनेका छन्- ‘विवाहको खबर सत्य हो। जुलाई ५ मा हाम्रो विवाह हुँदैछ।’ रिपोर्ट अनुसार अन्य आमिर र गौरीले ठूलो तामझाम नगर पारिवारिक वातावरणमा विवाह गर्ने तयारी गरेका हुन्। दुवैजनाले आफ्नो निजी जीवनलाई अनावश्यक चर्चाबाट टाढा राख्न चाहेकाले भव्य रिसेप्सन वा ठूलो समारोह आयोजना नगर्ने बताइएको छ।

आमिरले सन् २०२५ मा आफ्नो ६० औं जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध खुलाएका थिए। त्यसयता आमिरले विभिन्न अन्तर्वार्तामा गौरीले आफ्नो जीवनमा शान्ति र स्थिरता ल्याएको बताएका थिए।

यो आमिर खानको तेस्रो विवाह हुनेछ। यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए। सन् २००२ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। उनीहरूका दुई सन्तान (जुनैद र इरा खान) छन्। त्यसपछि आमिरले सन् २००५ मा निर्देशक किरण रावसँग विवाह गरे भने यी दुईको २०२१ मा सम्बन्ध विच्छेद भएको थियो। उनीहरूका छोरा आजाद राव खान छन्।

सम्बन्धविच्छेद भए पनि आमिरले रीना र किरण दुवैसँग सम्मानपूर्ण सम्बन्ध कायम राख्दै आएका छन् र सन्तानको अभिभावकत्व पनि सहमतिपूर्ण रूपमा निभाइरहेका छन्।

गौरी स्प्राट बेंगलुरूकी उद्यमी तथा फेसन-ब्यूटी क्षेत्रसँग सम्बन्धित व्यवसायी हुन्। उनले जीवनशैली तथा सैलुन उद्योगमा लामो समयदेखि काम गर्दै आएकी छन् र हाल मुम्बईमा बसोबास गर्छिन्। उनी एक छोराकी आमा पनि हुन्।

आमिर र गौरीको चिनजान भने नयाँ होइन। उनीहरू करिब २५ वर्षअघि पहिलो पटक भेटिएका थिए। वर्षौंपछि पुनः भेट हुँदा उनीहरूको मित्रता प्रेम सम्बन्धमा परिणत भएको बताइन्छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link