Home Main Highlight News रचना रिमाल र पर्सु मिश्राको स्वरमा ‘चुपचाप’ सार्वजनिक
 

रचना रिमाल र पर्सु मिश्राको स्वरमा ‘चुपचाप’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायिका रचना रिमाल र गायक पर्सु मिश्राको स्वर रहेको गीत ‘चुपचाप’ सार्वजनिक भएको छ। गीतमा सुशान्त ढकाल र दिव्यानी ओलीको अभिनय देख्न सकिन्छ।

गीतका शब्द चर्चित गीतकार डीपी खनालले लेखेका हुन् भने संगीत देवेन्द्र बरालले तयार गरेका छन्। प्रेम, सम्झना र मनभित्रका अव्यक्त भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको गीतले युवा पुस्तालाई विशेष रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।

सुमधुर स्वर, भावपूर्ण शब्द र उत्कृष्ट संगीत संयोजनका कारण गीतले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ। गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link