Home Main Highlight News चलचित्र मायाको डोरीलेको गीत ‘चन्चले दुई आँखा’ सार्वजनिक
 

चलचित्र मायाको डोरीलेको गीत ‘चन्चले दुई आँखा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । निर्माणाधीन नेपाली चलचित्र ‘चन्चले दुई आँखा’को नयाँ गीत ‘मायाको डोरीले’ सार्वजनिक गरिएको छ। प्रेमभाव र रोमान्टिक कथावस्तुमा आधारित गीतले दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ।

गीतमा प्रणय गुरुङ र ममता क्षेत्रीको सुमधुर स्वर रहेको छ। सार्वजनिक गीतले प्रेमका मिठा अनुभूति र भावनात्मक सम्बन्धलाई संगीतमार्फत प्रस्तुत गरेको छ भने गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

स्टेरी आई फिल्मस् र सिलभर लाइनिङ प्रोडक्सन हाउसको प्रस्तुतिमा तथारोलिङ क्यामेरा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएकाे छ । गीतको भिडियो चलचित्रकै कथासँग सम्बन्धित प्रेमिल दृश्यहरूले भरिएको छ।

गीत तथा भिडियोको निर्देशन शदीप देवान ले गरेका छन्। संगम तामाङ सह–निर्देशकका रूपमा रहेका छन् भने छायांकन सम्पादन र कलर ग्रेडिङको जिम्मेवारी पनि उनले नै सम्हालेका छन्। भिडियोमा प्रयोग गरिएका दृश्य, लोकेसन र कलाकारहरूको प्रस्तुति आकर्षक देखिन्छ।

चलचित्र प्रदर्शनअघि सार्वजनिक गरिएको यस गीतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link