Home Main Highlight News रिलिज अगावै फिल्म ‘ककटेल २’काे उठ्याे आधा लगानी
 

रिलिज अगावै फिल्म ‘ककटेल २’काे उठ्याे आधा लगानी

by Parda Sansar
A+A-
Reset

मुम्बई । शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दना अभिनित रोमान्टिक फिल्म ‘ककटेल २’ प्रतीक्षित फिल्ममध्ये एक हो । सन् २०१२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘ककटेल’ को सिक्वेलका रूपमा निर्माण गरिएको यस फिल्मलाई होमी अदजानियाले निर्देशन गरेका हुन् ।

हालै साे फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसले दर्शकमाझ उत्सुकता बढाएको छ । फिल्मले प्रदर्शनमा आउनुअघि नै आफ्नो कुल बजेटको ५० प्रतिशत रकम सुरक्षित गरिसकेको छ ।

‘ककटेल २’ बलिउडको अहिलेसम्मकै महँगो रोमान्टिक फिल्ममध्ये एक मानिएको छ । भारतीय मिडिया ‘बलिउड हंगामा’ को रिपोर्ट अनुसार यस फिल्मको कुल बजेट करिब भारु १५० करोड रहेको छ । जसमध्ये फिल्म निर्माण खर्च भारु ९५ करोड, कलाकारहरू (शाहिद, कृति र रश्मिका) को पारिश्रमिक भारु ३५ करोड र प्रचार प्रसार तथा विज्ञापनमा भारु २० करोड खर्च छ ।

फिल्मले प्रदर्शन अगावै थिएटर, डिजिटल र म्युजिक राइट्स बिक्री गरेर आफ्नो कुल बजेटको आधा हिस्सा अर्थात् करिब भारु ७५ करोड सङ्कलन गरिसकेको छ ।

निर्माता दिनेश विजनले ‘ककटेल २’ लाई निकै भव्य रूपमा निर्माण गरेका छन् । फिल्मको छायाङ्कन विश्वका विभिन्न सुन्दर स्थानहरूमा मात्र ७० दिनभित्र सम्पन्न गरिएको थियो । दर्शकलाई सिनेमा घरमा उत्कृष्ट अनुभव प्रदान गर्नका लागि लोकेसन, सङ्गीत र कलाकारहरूको स्टाइलमा विशेष ध्यान दिइएको निर्माण पक्षले जनाएको छ ।

सामाजिक सञ्जालमा फिल्ममा कृति सेनन र रश्मिका मन्दनाबीच समलिङ्गी (लेस्बियन) प्रेमकथा देखाइएको हल्ला चलेको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म टोलीले यस विषयमा स्पष्टीकरण दिएको छ ।

अभिनेत्री कृति सेननले भनिन्– ‘दुई जना केटाहरू सँगै हुँदा मानिसहरू उनीहरूलाई साथी भन्छन्, तर दुई वटी केटीहरू सँगै हुँदा उनीहरू साथी मात्र हुन सक्छन् भनेर मानिसहरू विश्वास गर्नै तयार हुँदैनन्, जुन दुःखद कुरा हो ।’  ‘ककटेल २’ यसै महिनाको १९ जुनमा सिनेमा घरहरूमा रिलिज हुँदैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link