13
बिर्तामाेड । पपस्टार शकिराले आफूले गाएको फिफा विश्वकप २०२६ को प्रवर्धनबारेको गीत ‘दाइ दाइ’मा नेपाली बालबालिकाले बनाएको आकर्षक नृत्यसहितको रिल्सलाई सेयर गरेकी छन् ।
इन्स्टाग्राममार्फत उनले नेपाली बालिका आयुषी ढकालसहितका बालबालिकाले बनाएको रिल्सलाई सेयर गरेकी हुन् । उनले उक्त गीतमा रिल्स बनाउने अन्य मुलुकका बालबालिकाले बनाएका गीत पनि सेयर गरेकी छन् ।
विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी रहँदा नेपालमा समेत यसको ज्वरो सुरु भएको छ भने शकिराको उक्त गीतले विश्वब्यापी चर्चा बटुलिरहेको छ । केही साताअघि कोलम्बियन पपस्टारले गीत ल्याएकी थिइन् ।
फिफाले यसपटक विश्वचर्चित ब्यान्ड र संगीतकर्मीलाई प्रवर्धनदेखि उद्घाटन, हाफटाइम र क्लोजिङ समारोहमा सांगीतिक प्रस्तुतिका लागि अनुबन्धित गरिसकेको छ ।



