Home Main Highlight News गायिका एलिना चौहानको ‘प्रेमको ताज महल’ सार्वजनिक
 

गायिका एलिना चौहानको ‘प्रेमको ताज महल’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गायिका एलिना चौहानको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘प्रेमको ताज महल’ सार्वजनिक भएको छ। प्रेमभाव र रोमान्सलाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियो ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो।

गीतमा नारायण कुमार आचार्य को शब्द रहेको छ भने प्रेमको गहिराइ, समर्पण र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेत्री शिल्पा पोखरेल रयशराज गरचको आकर्षक अभिनय देख्न सकिन्छ।

भिडियोलाई कृष्णदेव रूपाखेती ले निर्देशन गरेका छन्। प्रेमकथामा आधारित भिडियोमा कलाकारहरूको भावपूर्ण प्रस्तुति र दृश्य संयोजनले गीतलाई थप प्रभावशाली बनाएको छ। पोस्ट–प्रोडक्सनको काम केडी रुपाखेती क्रिएसनले गरेको हो।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। एलिना चौहानको सुमधुर स्वर, शब्दको भावनात्मक गहिराइ र कलाकारहरूको अभिनयका कारण ‘प्रेमको ताज महल’ दर्शक तथा श्रोतामाझ रुचाइने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link