बिर्तामाेड । स्टारी आइज फिल्म्स र सिल्भर लाइनिङ प्रोडक्सन हाउसको सहकार्यमा निर्माण भएकाे चलचित्र ‘माया को डोरी ले’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले प्रेम, सम्बन्धलाई देखाइएकाे छ। चलचित्रकाे पर्दशन मिति भने असार १२ गते राखिएकाे छ ।
चलचित्रको निर्देशन तथा पटकथा शदीप देवानले गरेका छन्। संगम तामाङ सह-निर्देशकका रूपमा रहेका छन् भने सम्पादन, रङ संयोजन (कलर) र छायांकन (डीओपी) को जिम्मेवारी पनि उनले नै सम्हालेका छन्।
चलचित्रका गीतहरू पुजन राई, सैलाप देवान र कोसिस मोक्तानले लेखेका छन्। त्यस्तै संगीत पुजन राई, प्रितम मिजर तथा अर्बिन राउथले तयार पारेका छन्।
चलचित्रमा श्रीया प्रधान, सैलाप देवान, दीपिका क्षेत्री, चोएफेल तेन्जिन, अल्केश योञ्जन, विकास क्षेत्री, अभिषेक राज गुप्ता, विजयता प्रधान, रिया भुजेल, आँचल लोहार, सिर्जन सार्की, पेम्बा दोर्जी, प्रशान्त लामा र वाङ योल्मोलगायतको अभिनय रहेको छ भने बाल कलाकारका रूपमा वेदान्त प्रधान देखिएका छन्।
सार्वजनिक ट्रेलरले प्रेम र सम्बन्धको गहिरो भावनालाई उजागर गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ। निर्माण टिमले चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने विश्वास व्यक्त गरेको छ।



