Home Main Highlight News आलिया भट्टको एक्शन अवतार देखाउँदै ‘अल्फा’को टिजर रिलिज
 

आलिया भट्टको एक्शन अवतार देखाउँदै ‘अल्फा’को टिजर रिलिज

by Parda Sansar
A+A-
Reset

 मुम्बई । यशराज फिल्मस्को स्पाई युनिभर्सको आगामी फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक गरिएको छ। बुधबार यशराज फिल्मस्को अफिसियल युट्युबमार्फत टिजरमा आलिया भट्टलाई एक शक्तिशाली, आक्रामक र एक्शन-प्याक्ड एजेन्टको रूपमा देखाइएको छ।

शिव रवैल निर्देशित यो फिल्ममा आलिया भट्ट शीर्ष भूमिकामा छिन्। साथमा बबी देओल, शर्वरी र अनिल कपूरले पनि मुख्य भूमिकामा छन्। सार्वजनिक टिजरमा बबी देओलले आलियालाई १८ औं जन्मदिनमा उपहार दिने दृश्य देखाइएको छ।

सुरूमा बाबुछोरीको मिठो क्षण जस्तो देखिने दृश्य छिट्टै परिवर्तन हुन्छ। बबीले छोरी आलियालाई कोठाको चाबी दिँदै जन्मदिनको शुभकामना दिएर पहिलो मिसन पूरा गर्न निर्देशन दिन्छन्।  टिजरमा आलियालाई बाल्यकालदेखि नै बबी देओलले कडा प्रशिक्षण दिएको देखाइएको छ।

‘अल्फा’ संस्थाको प्रतीक ट्याटु खोप्ने दृश्यसँगै भारतको अर्को पुस्ताको सुपर जासुस तयार पार्ने गोप्य कार्यक्रमबारे पनि जानकारी दिइएको छ। आलिया फिल्ममा ‘अल्फा’ नामक गोप्य मिसनमा संलग्न पात्रका रूपमा प्रस्तुत छिन्। उनका प्रशस्त एक्सन दृश्यहरू टिजरमा देखिन्छ। अन्त्यतिर मिसन पूरा गरेपछि बुवा बबीको अनुहारमा गर्व झल्किएको छ।

आदित्य चोपडाको निर्माण रहेको ‘अल्फा’ यशराज फिल्म्सको जासुसी ब्रह्माण्डको नयाँ फिल्म हो। यसमा अलिया भट्टले नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। महिला केन्द्रित स्पाई युनिभर्स यो फिल्म जुलाई ३ (असार १९) मा रिलिज हुनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link