Home Main Highlight News फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक
   

फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  एक्सन स्टार निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ ।

गीतमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई गीतमा रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

युग भुसालको शब्द संगीत रहेको गीतमा गौराङ्गा शेखर शर्माको र ज्योत्स्ना जौडाको स्वर छ । ‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय छ ।

फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन शुक्रराज शाहको छ। बन्दे प्रसादले सम्पादन गरिरहेको फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै छ।

फिल्म आगामी असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।

https://www.youtube.com/watch?v=j3lVPea6J7c&list=RDj3lVPea6J7c&start_radio=1

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link