Home Main Highlight News ‘पेन्सन पट्टा’लाई १० दिनमै उछिन्दै ‘कबड्डी ५’ बन्यो यो वर्षकै दोस्रो सर्वाधिक कमाउने फिल्म
 

‘पेन्सन पट्टा’लाई १० दिनमै उछिन्दै ‘कबड्डी ५’ बन्यो यो वर्षकै दोस्रो सर्वाधिक कमाउने फिल्म

by Parda Sansar
A+A-
Reset

काठमाडौं । दसैंको अवसरमा रिलिज भएका चार फिल्ममध्ये ‘कबड्डी ५’ ले १० दिनमा साढे १० करोडको आँकडा पार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले घरेलु बक्स अफिसबाट १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यससँगै ‘कबड्डी ५’ यस वर्षको दोस्रो धेरै कमाउने सिनेमा बनेको छ । यसअघि दयाहाङ राई नै मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा थियो । पेन्सन पट्टाले आइतबारसम्ममा १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

‘आ बाट आमा २’ले कात्तिक १५ गतेसम्ममा ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । त्यस्तै ‘छ माया छपक्कै २’ ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ ।

विराज भट्टको निर्देशनमा बनेको एक्सन चलचित्र ‘१२ गाउँ २’ ले २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ बराबरको व्यापार गरेको छ ।

बोर्डले ‘गौँथली’ र ‘बा: एक योद्धा’को कमाइ पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘गौँथली’ले २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस कलेक्सन गर्दै यो वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । ‘बा: एक योद्धा’ले ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link