Home Main Highlight News ‘जदौ’को शीर्ष अभिनेत्रीमा नीति अनुबन्धित
   

‘जदौ’को शीर्ष अभिनेत्रीमा नीति अनुबन्धित

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । निर्माता र अभिनेत्रीबीच लिखित सहमति भएको छ ।

काजी लिम्बुको पटकथा रहेको फिल्मका शीर्षमध्येको भूमिकामा यसअघि नै मुकुन भुसाल अनुबन्धित छन् । सिल्भर स्क्रिन इन्टरटेनमेन्ट र सम्मिश्रण मूभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् ।

बुद्धी माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ ।

फिल्मको प्यूठान निर्माण ब्यबस्थापकमा लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले निर्देशक तथा बाँकी कलाकार, प्राविधिकबारे चाँडै विस्तृत जानकारी दिने बताएकी छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link