Home Main Highlight News टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने
 

टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने

by Parda Sansar
A+A-
Reset

झापा । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो।

चलचित्र ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। उनका अनुसार चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ।

टंक बुढाथोकीकै कथामा निर्माण हुने यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ।‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ,’ उनले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ।’

करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा–आमा’ कै शीर्षकमा चलचित्र निर्माण हुन लागेको हो। यसअघि पनि उनले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’ को शीर्षकबाट चलचित्र निर्माण गरेका थिए। ‘बा–आमा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हुने जनाइएको छ।टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link