Home Main Highlight News चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक
   

चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । माघ २३ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले दर्शकमाझ राम्रो चर्चा पाइसकेपछि निर्माण टिमले यसपटक लोक शैलीको नयाँ गीत सार्वजनिक गरेको हो ।

‘डोको बुन्ने’ गीतमा गायक केहरसिंह लिम्बुको स्वर रहेको छ भने शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेख्नुभएको हो । गीतमा सुमन तामाङ र केहरकै संगीत छ । अडियो प्रोडक्सन तथा मिक्सिङ-मास्टरिङ रिकेश गुरुङले गर्नुभएको हो ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको परिवेश झल्किने शैलीमा प्रस्तुत गरिएको छ । गीतले नवयुवाबीच मौलाउँदै गएको प्रेमभावलाई सरल र सौन्दर्यपूर्ण ढंगले चित्रण गरेको निर्माण छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्मातामा केदार भुसाल छन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link