Home Main Highlight News फिल्म ‘रमिताको पिरती’को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक
 

फिल्म ‘रमिताको पिरती’को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । शिरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको दोस्रो गीत ‘जुनी भर’ बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।  गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ भने अस्मिता अधिकारीले पनि साथ दिएकी छिन् ।

रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य २ कलाकार आना शर्मा र विनय श्रेष्ठलाई देख्न  सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवातको रुपमा यो गीत तयार भएको बुझ्न सकिन्छ ।

सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको यो फिल्मका निर्माता सागर लम्साल हुन् । सुनिल शिवभक्तिको सम्पादन रहेको फिल्मको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रयत्नको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी रहेकाे छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link