Home Main Highlight News फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत ‘धौले धन्सार’ सार्वजनिक
 

फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत ‘धौले धन्सार’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माण पक्षले गीत रिलिज गरेको हो । कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ ।

सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ। गीतमा स्वर पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को छ । डाक्टर अशाबहादुर तामाङको शब्द रहेको गीतमा पुष्कर सुनुवारको संगीत छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ ।

फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय छ।

सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । राजेन्द्र खड्गीको एक्सन निर्देशन रहेको फिल्ममा रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link