Home Main Highlight News गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक
 

गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । नेपाली लोक गीत सङ्गीतकी सफल गायिका विष्णु माझीको नयाँ गीत  ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द, सङ्गीतमा तयार भएको गीतमा विष्णुलाई राजनले नै स्वरमा साथ दिएका छन्। गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज रहेकाे छ।

यो गीत केहि वर्ष अगाडि सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो।  गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार बनाएर बजारमा ल्याएका हुन् ।

गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ।  भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मा फिचर छन् । पव न सुस्लिङ्गकाे छायाङ्कन र सम्पादन भिडियाेमा रहेकाे छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link