Home Main Highlight News उज्वल थापाको डकुमेन्ट्री फिल्म ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शन
 

उज्वल थापाको डकुमेन्ट्री फिल्म ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शन

by Parda Sansar
A+A-
Reset

झापा । उज्वल थापाको जीवन र विरासतलाई समेटिएको वृत्तचित्रमा अाधारित नेपाली फिल्म ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शन भइरहेको छ। वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ स्व. उज्वल थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकाको कथावस्तुमा डकुमेन्ट्री बनेको छ। थापा विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका थिए। फिल्म सुदीप भाजुले निर्देशन गरेका हुन्।

१ घण्टा १० मिनेटको वृत्तचित्रले उज्वल यापाको बाल्यकाल, वैदेशिक शिक्षाको यात्रा, स्वदेश फर्किएपछिको नागरिक जागरण अभियान तथा वैकल्पिक राजनीतिमा उनको योगदान प्रस्तुत गरेको छ। यस वृतचित्रले एक व्यक्तिको सक्रियताले पनि समाजमा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिने निर्माण टिमले बताए।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link