Home Main Highlight News ‘आबाट आमा’ सबैले हेर्न मिल्ने
   

‘आबाट आमा’ सबैले हेर्न मिल्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यही माघ १६ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’ले युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले सोमबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

चलचित्रका निर्देशक चन्द्र पन्तले फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने गरेर पास भएकोमा खुशी व्यक्त गर्नुभयो । यस चलचित्रमा पल शाह, उषा उप्रेती, सिमरन पन्त, बिपना थापा, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली, भारतीय अभिनेता प्रदीप रावत लगायतका कलाकारको अभिनय रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ । चलचित्रमा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले भरेका छन् भने कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडा तथा छायांकन नवराज उप्रेतीको रहेको छ ।

चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने, क्षितिज ढुंगाना निर्माताका रूपमा रहनुभएको छ भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन् । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link