Home Main Highlight News ‘श्री बुकुरो’ गीत रिलिजमा रोमान्टिक देखिए आशीर्वाद-निकिता
   

‘श्री बुकुरो’ गीत रिलिजमा रोमान्टिक देखिए आशीर्वाद-निकिता

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । पोस्टर र ट्रेलरपछि गीत सार्वजनिक गरिएको छ ।

‘ए साइँला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द, संगीत छ । सविन सुबेदी र युक्ती बिमलीको स्वर छ । गीतमा शीर्ष कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्य देखिएका छन् ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको पनि अभिनय छ । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link