Home Main Highlight News सुरु भयो ‘कस्तुरी’को छायाँङ्कन
   

सुरु भयो ‘कस्तुरी’को छायाँङ्कन

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘कस्तुरी’को छायाङ्कनको काम शुभमुहूर्त गरिएको छ । मङ्गलबार ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभारम्भ समारोह आयोजना गर्दै छायाँकन प्रारम्भ गरिएको हो ।

फिल्मका निर्देशक ऋत बोहोराले सिनेमामा रहस्य र अपराधका घटनाक्रम रहने खुलासा गरेका छन् । टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस सिनेमाको कथा निर्देशक बोहोरा स्वयम्ले तयार पारेका हुन् । चलचित्रमा धिरजकुमार अग्रवाल निर्माता तथा अञ्जली चौधरी सह-निर्माता रहेका छन् ।

फिल्मको प्राविधिक पक्षमा छायाङ्कन आलोक शुक्लाले गर्नेछन् भने मुख्य सह-निर्देशकको जिम्मेवारी ललित बिस्टले सम्हाल्ने भएका छन् । सङ्गीत प्रशान्त सिवाकोटीको रहनेछ ।

फिल्ममा शेखर चापागाईँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा लगायतको अभिनय रहनेछ । साथै नेहा गौतम, गौरव पहारी र हेना नगरकोटी विशेष भूमिकामा देखिने निर्माण टिमले जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link