Home Main Highlight News गायक बिन्ती कुमार गुरुङको गीत ‘मनचरी’ सार्वजनिक
   

गायक बिन्ती कुमार गुरुङको गीत ‘मनचरी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गायक बिन्ती कुमार गुरुङको गीत ‘मनचरी’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द तथा सङ्गीत रहेको गीतमा बिन्ती कुमारलाई गायिका सदीक्षा कट्टेलले स्वरमा साथमा दिएकी छन् ।

एक प्रेमील जोडीको रोमान्टिक प्रेमकथा समेटिएको गीतमा विषम आचार्यको एरेन्ज छ । गीतको भिडियोमा प्रभात पाल ठकुरी र जुना विश्वकर्माको अभिनय छ । भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।

दिनेश पराजुलीको छायांकन रहेको गीतमा विवेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर रहेको गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माण जष्मिन क्रियसनले गरेको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link