Home Main Highlight News आजबाट मार्मिक सामाजिक ड्रामा फिल्म ‘लालिमा’ हलमा रिलिज
 

आजबाट मार्मिक सामाजिक ड्रामा फिल्म ‘लालिमा’ हलमा रिलिज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  प्रतिनिधिसभा चुनावले प्रभावित फिल्मको नियमित प्रदर्शन लयमा फर्किने अपेक्षा गरिएको छ । शुक्रबारदेखि नेपाली फिल्म ‘लालिमा’ हलमा रिलिज भएको छ ।

रोशन मिराज निर्देशित यो फिल्म चुनावपछि प्रदर्शनमा आउने पहिलो हो । चुनावसहितका केही कारणले पछिल्लो समय हलमा दर्शकको संख्यामा गिरावट आइरहेको बेलामा ‘लालिमा’ सामु दर्शक फर्काउनुपर्ने चुनौती छ ।

‘लालिमा’ एक मार्मिक सामाजिक ड्रामा हो जसको कथावस्तुमा एक युवतीले शोषण, आघात र सामाजिक कलंकको सामना गर्छिन् । त्यसपछि उनी कठोर संसारमा आफ्नो मर्यादा र आशा पुनः प्राप्त गर्न संघर्ष गर्छिन् ।

११७ मिनेट रनटाइमको यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । शीर्ष भूमिकामा रोश्नी कार्कीले अभिनय गरेकी छन् । उषा रजक, सुष्मा निरौला, जीवन भट्टराईको पनि अभिनय छ ।

महिला यौनकर्मीको संघर्ष र मनोविज्ञानको कथावस्तुमा आधारित फिल्मलाई यथार्थ घटनाहरूबाट प्रेरित फिल्म बताइएको छ । शुक्रबार बिहानी शो नभएको कारण हलले मध्यान्हदेखि मात्र शोज प्रदान गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link