Home Main Highlight News कुम्भ मेलाबाट भाइरल मोनालिसाले गरिन् बिहे
 

कुम्भ मेलाबाट भाइरल मोनालिसाले गरिन् बिहे

by Parda Sansar
A+A-
Reset

मुम्बइ । महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसा भोस्लेले आफ्ना प्रेमी फरमान खानसँग विवाह गरेकी छन्। यी दुईले बुधबार भारतको केरलास्थित एक मन्दिरमा विवाह गरेका हुन्।

परिवारको विरोधका बाबजुद मोनालिसाले आफ्नो निर्णयमा अडिग रहँदै प्रहरीको सुरक्षा खोजेकी थिइन्। प्रहरीले कानूनी रूपमा वयस्क मोनालिसालाई आफ्नो जीवनसाथी रोज्ने अधिकार रहेको भन्दै सुरक्षा प्रदान गरेको थियो। प्रहरीको सुरक्षामा मोनालिसाले विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

एनडीटीभीको रिपोर्ट अनुसार, मध्य प्रदेशको इन्दोरकी मोनालिसा र अभिनेता रहेका महाराष्ट्रका फरमानको भेट एक वर्षअघि फेसबुकमार्फत भएको थियो। उनीहरू फिल्मको सेटमा नजिक भएका थिए।

यद्यपि, फरक धार्मिक समुदायका कारण उनीहरूको सम्बन्धलाई मोनालिसाको परिवारले विरोध गरेको थियो। उनलाई अर्को पुरूषसँग विवाह गराउने दबाब दिएको समेत बताइएको छ।

यसैबीच उनी केरला आएकी थिइन् र प्रहरी चौकीमा सहयोग माग्न पुगेकी थिइन्। यतिबेला मोनालिसा र फरमानको विवाह सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

मोनालिसा महाकुम्भ मेलाबाट भाइरल भएपछि चर्चामा आएकी थिइन्। रूद्राक्षको माला बेच्दै गरेको भिडिओ उनको आकर्षक विशेषताका कारण भाइरल भएपछि उनले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेकी थिइन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link