108
बिर्तामोड । फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलर तत्व समेटिएको फिल्म दिवंगत अभिनेता सुनिल थापालाई ट्रिब्युट स्वरूप समर्पित गरिएको टिजरमा देख्न सकिन्छ ।
फिल्मको क्लाइमेक्स छायांकनकै क्रममा थापाको निधन भएकाले यो फिल्म उनीप्रति विशेष समर्पित भएको निर्माण पक्षले जनाएको छ । टिजरमा अभिनेता विराज भट्टको नयाँ एक्सन अवतार देख्न सकिन्छ ।
माइकल चन्द निर्देशित फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ । माइकल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा छ ।



