Home Main Highlight News ‘मेरो प्रेम अधुरो’ निर्देशन गर्दै प्रवेश पौडेल, कबिर खड्का मुख्य भूमिकामा
 

‘मेरो प्रेम अधुरो’ निर्देशन गर्दै प्रवेश पौडेल, कबिर खड्का मुख्य भूमिकामा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता कविर खड्का मुख्य भूमिकामा रहने गरी निर्देशक प्रवेश पौडेलले ‘मेरो प्रेम अधुरो’ निर्देशन गर्ने भएका छन् । यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ निर्देशन गरिसकेका पौडेलको यो तेस्रो निर्देशकीय फिल्म हुनेछ ।

फिल्मको छायांकन आगामी साउनदेखि सुरु गर्ने तयारी गरिएको छ । नेपालसँगै युरोप र अस्ट्रेलियाका विभिन्न स्थानमा समेत फिल्म खिचिने निर्माण टिमले जनाएको छ ।

फिल्ममा अभिनेता कबिर खड्का शीर्ष भूमिकामा देखिनेछन् । उनका अपोजिटमा रहने दुई अभिनेत्री भने अडिसनमार्फत छनोट गरिने तयारी भइरहेको छ । सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मका निर्माता सुरेन्द्र रावल हुन् । अभिनेता कबिर खड्का पनि फिल्मका निर्माण साझेदारका रूपमा रहेका छन् ।

निर्देशक पौडेलले दर्शकमाझ सुन्दर प्रेमकथा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्माण गर्न लागेको बताएका छन् । फिल्ममा करण खड्का सहनिर्माताका रूपमा रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link